नियम २५
बैङ्कले ऋणपत्र खरिद नगर्ने
(१) नियम १२ को उपनियम (२) बमोजिम सूचिकृत भएका ऋणपत्रको भुक्तानी अवधि समाप्त हुनु अगावै बैङ्कले त्यस्तो ऋणपत्र खरिद गर्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मौद्रिक नीति कार्यान्वयन गर्ने सिलसिलामा बैङ्कले धितोपत्र बजारमा हस्तक्षेप गर्न आवश्यक देखेमा सोको कारण सार्वजनिक गरी धितोपत्र बजारबाट ऋणपत्र खरिद गर्न सक्नेछ ।